पोखरामा लेकसिटी कलेजद्धारा रक्तदान कार्यक्रम सम्पन्न



कास्की ।

पोखरा गैह्रापाटन स्थित लेकसिटी कलेजले सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ लेकसिटी कलेजमा बिएएसडब्लु प्रथम बर्षमा अध्ययनरत बिधार्थीहरूको आयोजना तथा रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कलेजका संस्थापक एवं नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व अध्यक्ष डा। गेहेन्द्रश्वर कोईरालाले रक्तदाता कलेजका अभिभावक एवं पत्रकार टंकराज अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अतिथिको मन्तव्य राख्दै डा। कोईरालाले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि विद्यार्थीहरूले चलाएको अभियानलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।कार्यक्रममा नेपाल स्वयम् सेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, पूर्व अध्यक्ष तिर्थराज अवस्थीले सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई आनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्तदानमा ५० युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक बिएएसडब्लु प्रथम बर्षमा अध्ययनरत बिधार्थी कृष्णकला पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार रक्तदान गर्ने धेरै नयाँ रहेको भन्दै युवा पुस्तालाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गर्नुभयो । रक्तदान कार्यक्रममा कलेज व्यवस्थापन समिति सदस्यहरू, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।कार्यक्रमका संयोजक बिएएसडब्लु प्रथम बर्षमा अध्ययनरत बिधार्थी कृष्णकला पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधार्थीहरू स्वस्तिका सुवेदी, सन्तोष सुनार, आशिका रानाभाट लगाएतले आ(आफ़ना भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्