ओली समुहको कार्यक्रम रोक्न प्रचण्ड समुहले गर्‍यो गाडी तोडफोड



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा काभ्रेमा ओली समूहका नेता कार्यकर्ताहरु बास बसेको स्थानमा राति आक्रमण गरी उनिहरु चढेको गाडी तोडफोड गरेको घटनाको विषयलाई लिएर सर्वत्र आलोचना शुरु भएको छ । विचारको बहस सकिए पछि कायरहरु आक्रमणमा उत्रिएको नेकपा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भएको छ ।

‘खेद छ, कायरहरु । घोषणा गरेर लड लुकेर कायरता नदेखाउ’–अध्यक्ष समेत रहनु भएका केन्द्रिय सदस्य अशोक ब्याञ्जुले भन्नुभयो–‘मानिसको बुद्धि र बिबेक अन्त भए पछि मुख छाड्छ्न र शक्ति हिन भए पछि हातपात गर्छन । कायरहरु घोषणा गरेर भिड्ने तागत छैन । लुकेर आक्रमण गरेर कायर कर्म नगर ।

कार्यकर्ता माथिको हमला र भौतिक बस्तुको नाश गरेकोमा खेद प्रकट गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ – ‘चुनौती छ अर्को कुनै घटना प्रिय नबनोस, आतंक र गुन्डागर्दी कायर कदमको बलमा गरिएको आततायी प्रवृत्तिको भत्सना गर्दछु । स्थानीय प्रशसनलाई आतंकबादीलाई कानुनी कर्वाही गर्न अनुरोध गर्दछु ।’

नेकपा ओली समूहले जिल्लामा जिल्ला कमिटी पुर्नगठन गरी दुई महिने पार्टी अभियान संचालन गरिरहेको छ । अभियानका क्रममा १ सय ३५ वटा वडा कमिटी मध्ये ८० वटा वडा कमिटीको पुर्नगठन तथा जनवर्गिय संगठनहरु पुर्नगठन र प्रशिक्षण सकिएको नेकपा काभ्रेले जनाएको छ । गाउँ तथा नगर कमिटी भेला र प्रशिक्षण, प्रदेश कमिटीहरुको पुर्नगठनका लागि अभियान लिएर गाउँ गएको नेकपाको टोली जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ स्थित विरुवामा बास बसिरहेको अवस्थामा रोकि राखेको गाडी माथी प्रचण्ड माधव समुहका नेता कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

आईतबार राति चौरीदेउरालीमा भएको उक्त घटनाको खेद र भत्र्सना गरिएको छ । पुर्व मन्त्री एवं नेकपा इन्चार्ज गोकुल बास्कोटा लगायतका नेता कार्यकर्ताहरुले घटनाको भत्र्सना गर्दै आईन्दा यस्ता घटना दोहोरिन नदिन र दोषिलाई कारवाही गर्न माग गरेका छन् ।

चौरीदेउराली गाउँपालिकाको पोखरीचौरी लगायतका केहि साविकका गाविहरु माओवादीको बर्चश्व मानिदै आएको थियो । पुर्व माओवादी समुहका नेताहरु चुडामणी गौतम ‘हेमक’, प्रकाश गौतम, राजेन्द्र गौतम, गुणराज चौलागाई तथा पुर्व एमालेका नेताहरु लेखराज गौतम लगायतको समुह ओली निकट समुहमा सहभागि भई चौरीदेउरालीका सबै वडाहरुमा भब्य कार्यक्रम गरे पछि प्रचण्ड माधव समुह आत्तिएका थिए ।

ओली समुहलाई वडा नम्वर ५ पोखरीचौरीमा कुनै पनि हालतमा वडा भेला गर्न नदिने घोषणा गरेका गाउँपालिका अध्यक्ष दिनानाथ गौतम र उनका छोरा अञ्जित गौतम, वडा अध्यक्ष राजकुमार गौतम, तेज पन्त र मुकुन्द गौतम लगायतको समुहको निर्देशनमा उनिहरुकै कार्यकर्ताहरुले गाडी तोडफोड गरिएको बताईएको छ । उनिहरुको अवरोधका बाबजुत चौरीदेउरालीको पोखरीचौरीमा वडा भेला सम्पन्न भएको नेता रिता ढकालले बताउनु भयो । रिता ढकाल, इन्द्र तामाङ लगायतको समुह धुशेनी शिवालयको कार्यक्रम सकेर आईतबार राति पोखरीचौरीको विरुवामा बास बस्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्