अर्को बीमा कम्पनीको आइपीओ आउने



काठमाडौं , (नेस) ।
शेयर बजारमा छलाङ भइरहेका बेला धमाधम सर्वसाधारणलाई शेयर जारी गर्ने क्रम बढेको छ। यसै क्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनिसर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरेको छ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ। बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापुजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पुजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। आईपीओ पश्चात कम्पनीको चुक्तापुजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्