नेप्से सामान्य बढ्यो



काठमाडौं, (नेस) । 

पाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको छ। यस दिन नेप्से ३ दशमलव ६६ अंकले बढेर २६४० दशमलव ३४ बिन्दुमा पुगेको छ। यद्यपि, ठुला कम्पनीको कारोबार नाप्ने सेन्सेटिभ परिसुचक भने २ दशमलव २० अंकले घटेर ४७९ दशमलव ५८ बिन्दुमा झरेको छ। कुल २०७ कम्पनीको दुई करोड ४३ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ। यस दिन कारोबार भएका १२ समुहमध्ये पाँच समुहको परिसँचक ओरालो लागेको छ भने बाँकी सात समुहको परिसुचक भने वृद्धि भएको छ। बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन बीमा ८३.८८, लघुवित्त ४५.४६ र जीवन बीमा ३६१.४६ ले घटेको छ।

यस्तै व्यापार १६.५, होटेल १२.१७, विकास बैंक २९.३२, जलविद्युत् ८३.२७, उत्पादन ४.४४, अन्य ३९.९१ र सामुहिक लगानी कोष ०.८२ ले वृद्धि भएको छ। आइतबारको कारोवारपछि नेप्सेमा सँचीकृत कम्पनीको बजार पुजीकरण ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाख रुपियाँ पुगेको छ।कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ। सो बैंकको ६१ करोड ७४ लाख ७५ हजार ६७२ बराबरको कारोबार भएको छ। यस्तै नेपाल पुर्वाधार बैंक रु ५५ करोड २१ लाख १२ हजार २३, ग्लोबल आइएमई बैंक रु ३१ करोड २२ लाख ५४ हजार २१२, एनआइसी एसिया बैंक रु ३० करोड ६६ लाख ७७ हजार ३६०, शिखर इन्सुरेन्स कम्पनी रु २७ करोड ५६ लाख ६२ हजार २६३, नबिल बैंक रु २५ करोड ३१ लाख ८८ हजार ३५४, नेपाल लाइफ इन्सुरेन्स रु २३ करोड ४२ लाख ४७ हजार ६३७, माथिल्लो तामाकोशी रु २२ करोड ७० लाख १८ हजार ८८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा माथिल्लो तामाकोशी र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा, नेपाल पुर्वाधार बैंक ९.८९, नेपाल हाइड्रो डेभलपमर ९.८२, चन्द्रागिरि हिल्स ९.८०, समृद्धि फाइनान्स ९.७७, एनआइसी एसिया ब्यालेन्स फन्ड ९.७५, एनएमबी हाइब्रिड फन्ड ८.४६ र लिबर्टी इनर्जीका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाए। यस्तै बेस्ट फाइनान्स ३.३७, किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३.२०, लक्ष्मी लघुवित्त ३.१५, सनराइज बैंक ३.१५ र लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.१५ प्रतिशतले गुमाए।

प्रतिक्रिया दिनुहोस्