सिभिल बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, (नेस) ।

सिभिल बैंकको १०औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर शुन्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यसैगरी सभाले आर्थिक वर्ष २०७७र७८ को लेखापरिक्षण गर्नको लागि एनबिएसएम एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरहुने वा स्वदेशीरविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्य गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्