एशियन पेन्ट्स नेपालद्वारा पुस्कार प्रदान



काठमाडौं, (नेस)।

एशियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१९र २० को विजेता घोषणा गरेको छ।परियोजना ललितपुर महानगर शहर अफिस भवन ( ब्लक बी र डिजाईन गर्ने थियो

शीर्ष विजेतालाई २१ फेब्रुअरी, २०२१ मा होटल याक र यतीमा आयोजित कार्यक्रममा सम्मानित गरेको छ। प्रतियोगिताका विजेता पुर्वाञ्चल क्याम्पसका शुभम कार्की रहेका छन्। पहिलो रनर अप आईओई थापाथली क्याम्पसकी सुनिता गुरुङ थिइन्।

दोस्रो रनर अप थापाथली क्याम्पसको आईओई कै प्रभाषा बज्राचार्य र दुई कन्सोलेसन पुरस्कार विजेता दीपेन्द्र कटुवाल तथा र बिबेक हिमालय रहेका छन्। विजेतालाई १० हजारदेखि ७० हजार रुपियाँसम्म नगद पुस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्