दिवाखाजा कार्यक्रम महानगरमै अन्योल



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको ८९ वटा विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रम महानगरको अन्योलताका कारण प्रभावित भएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरुले महानगरपालिकालाई आवश्यक विवरण नपठाउँदा व्यवस्थापनसँगको असमन्वयका कारण खाजा कार्यक्रम प्रभावित भएको हो
कोरोना कहरपछि सञ्चालनमा आएका विद्यालयहरुले विद्यार्थीहरुको संख्या लगायतका आवश्यक महानगरपालिका कार्यालयलाई हालसम्म नपठाएको शिक्षा महाशाखाले जनाएको छ । जसका कारण खाजा कार्यक्रमबापतको रकम महानगरपालिकाले निकासा गर्न सकेको छैन । खाजाका कार्यक्रमका लागि आवश्यक पर्ने तयारी तथा विद्यालयका प्रधानाध्यापकहरुको लापरबाहीका कारण दिवाखाजा कार्यक्रम प्रभावित बनेको वीरगन्ज महानगरपालिका शिक्षा महाशाखाले जनाएको छ । ५ कक्षामाथिका विद्यालयहरु पूर्णरूपमा खोल्न वीरगन्ज महानगरपालिकाले विद्यालयहरुलाई परिपत्र गरेको भए पनि ५ कक्षामुनिको हकमा आवश्यक तयारी पूरा भए खोल्ने अथवा नखोल्ने विषयमा विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको थियो ।

शिक्षा महाशाखा र विद्यालय व्यवस्थापबीचको अन्योलताका कारण दिवाखाजा कार्यक्रम प्रभावित बनेको सरोकारवालाहरुको भनाइ छ ।यसै बीच, आगामी सातादेखि विद्यालयहरुमा खाजा कार्यक्रम सञ्चलान गर्न आफूहरुले तयारी गरिरहेको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताउनुभयो । कोरोनापछि सञ्चालनमा आएका विद्यायहरुले विवरण अझै पठाई नसकेको र पठाउने क्रम जारी रहेका कारण खाजा कार्यक्रम सञ्चालनमा केही ढिलाइ भएको कर्णको कथन छ ।यता, वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीे दिवाखाजा कार्यक्रम सञ्चालन गर्न कर्मचारीहरुलाई निर्देशन दिए पनि विद्यालयहरुको गैरजिम्मेवारीपनका कारण कार्यक्रम अगाडि बढ्न नसकेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्