मिस र मिसेस व्युटीफुल छानिँदै



मेकअप आर्टिस्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षभैंm यस वर्ष पनि अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी फागुन १५ गते राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल–२०२१ आयोजना गर्न लागेको हो। अविवाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ। त्यसै गरी मिसेस ब्युटीफुल नेपाल–२०२१ मा १२ जना विवाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात् पुजा नाथ, पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुस्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनीषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रञ्जित र सविना खुलाल छैठौं संस्करणको मिस ब्युटीफुल नेपाल–२०२१ प्रतियोगितामा भिड्न तयार भएका छन्।

त्यसै गरी, पाँचौ संस्करणको मिसेस ब्युटीफुल नेपाल–२०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनीता देउला, सुशीला श्रेष्ठ, पवित्रा बन्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रूपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दै छन्।प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट ब्युटिफुल र मिसेस ट्यालेन्ट ब्युटिफुल उपउपाधिका लागि दुवै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमा आफुमा अन्तरनिहित प्रतिभा प्रदर्शन गरेका छन्। दुवै प्रतियोगितका प्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आप्mना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए। ट्यालेन्ट शोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमुख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक सानु थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्