रियलले जित्दा एट्लेटिको स्तब्ध



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा रियल मेड्रिडले जित्दा एट्लेटिको मेड्रिडले भने कमजोर लेभान्तेसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।शनिबार राति भएको खेलमा ब्राजिली मिडफिल्डर क्यासमिरोको एक मात्र गोलमा रियल मेड्रिडले रियल भालाडोलिडलाई १–० गोलअन्तरले पराजित गर्दा एट्लेटिको भने लेभान्तेसँग २–० गोलअन्तरले पराजित भएको हो ।

रियलले भालाडोलिडको घरेलु मैदानमा खेलको ६५औं मिनेटमा गरेको गोल नै जितमा निर्णायक बन्यो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । यो जितसँगै रियलको २४ खेलबाट ५२ अंक भएको छ । यता पराजित भालाडोलिड २१ अंक रहेको छ ।त्यस्तै, घरेलु मैदानमा एट्लेटिको स्तब्ध हुँदा मारियो हरमोसोले आत्मघाती गोल गरे भने अर्को एक गोल लेभान्टेका जर्ग डि फ्रुटोसले गरे । खेलको ३०औं मिनेटमा हरमोसोले आत्मघाती गर्दा पहिलो हाफसम्म एट्लेटिको १–० ले पछि परेको थियो । त्यस्तै, खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै एट्लेटिकोलाई २–० ले स्तब्ध पारे । यो जितपछि लेभोन्टेको २४ खेलबाट ३१ अंक पुगेको छ । यता हारपछि एट्लेटिको भने २३ खेलबाट ५५ अंक मै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्