हरिसिद्धिलाई फुटसल उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

हरिसिद्धि फुटसलले ‘विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिता’को उपाधि जितेको छ ।स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरे । सन्दीप कार्कीले २ तथा रन्जित गुरुङ र प्रवेश जोशीले १–१ गोल गरे । उपाधिसँगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कार हात पा¥यो भने इभ भिजले ३५ हजार ५ सय ५५ रूपैयाँमा चित्त बुझायो ।

साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दीप कार्की उत्कृष्ट खेलाडी घोषित भए । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो ।विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता स्वयम्भू क्लबका पुर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोगस्वरूप प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्