जोकोभिचले जिते नवौं अस्टे«लियन ओपन



मेलबर्न, (एजेन्सी) ।

नोभाक जोकोभिचले नवौं अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेर आफ्नो कीर्तिमान लम्ब्याएका छन् ।सर्बियाका जोकोभिचले रुसी प्रतिद्वन्द्वी डेनील मेडभेदेभलाई सहजै सीधा सेटमा हराएका हुन् । मेलबर्न पार्कमा भएको फाइनल खेलमा जोकोभिचले मेडभेदेभलाई ७–५, ६–२, ६–२ ले पराजित गरे । यो जोकोभिचको करियरको १८औं ग्रान्डस्लाम उपाधि हो । योसँगै उनी रोजर फेडेरर र राफाल नाडालसँग मेन्स सिंगल्स कीर्तिमान भन्दा २ उपाधिले पछि छन् । स्विट्जरल्यान्डका फेडेरर र स्पेनका नाडालले २०÷२० ग्रान्डस्लाम जितेर कीर्तिमान बराबरीमा रहेका छन् ।

३३ वर्षीया खेलाडी जोकोभिचले अस्टे«लियन ओपनमा नवौं उपाधिसहित आफ्नो कीर्तिमान लम्ब्याएका हुन् । अस्टे«लियन ओपनमा यति संख्यामा उपाधि जित्ने उनी एक्लो खेलाडी हुन् । पहिलो सेटमा ३–० को अग्रता बनाएर जोकोभिचले डेनिलमाथि वर्चश्व बनाएका थिए । यद्यपि, सो सेटलाई डेनिलले टाइब्रेकसम्म तानेका थिए । तर, दोस्रो र तेस्रो सेटमा जोकोभिचले डेनिललाई कुनै मौका दिएनन् ।

२५ वर्षीय खेलाडी डेनिलले यो समेत गरी दुईवटा ग्रान्डस्लाम फाइनलमा हार बेहोेरेका छन् । यसअघि, नाडालसँग २०१९ को यूएस ओपन फाइनलमा उनले हार आत्मसात गरेका थिए । यस पटक उनी टुर फाइनल्स जितेर अस्टे«लियन ओपनमा सहभागी भएका हुन् । तर, उनले जोकोभिचविरुद्ध कमजोर खेल देखाएपछि उपाधि विमुख हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्