‘छिट्टै आरक्षपीडितको समस्या समाधान गर्छु’ : मन्त्री आले



काठमाडौं, (नेस) ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताउनुभएको छ ।चौथो शुक्लाफाटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वन तथा वातावरणमन्त्री आलेले वर्षौदेखि आरक्षपीडित भएकाहरूको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

उहाँले आरक्षपीडितहरूको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौदेखि गुमाएको जग्गा समेत फिर्ता दिने आश्वासन समेत दिनुभयो ।
उक्त कार्यक्रममा शुक्लाफाटा आरक्षपीडितहरूले आफु आरक्षबाट वर्षौदेखि पीडित भएको र आफुले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावरले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्