विमानबाट इन्जिनको अवशेष आवासीय क्षेत्रमा झर्‍यो



वासिङ्टन, (एजेन्सी)।

धावन मार्ग छाड्ने क्रममा इन्जिनहरूमा गडबडी आएको एउटा जेट विमानले अमेरिका डेनेभर नजिकको आवासीय क्षेत्रमा अवशेषहरू फालेको सुरक्षा निकायले जनाएको छ । तर, २ सय ३१ जना तथा १० जना चालक दलका सदस्य रहेको सो बोइंग–७७७ तत्काल फर्केर डेनेभर विमानस्थलमा सकुशल अवतरण गर्न सफल भएको थियो । यस खतरनाक अप्रत्यासित घटनामा कोही पनि घाइते नभएको विमानस्थलको सुत्रले जनाएको छ

ब्रुमफिल्ड शहरका प्रहरीले एउटा घरको बगैंचामा खसेको एउटा इन्जिनको अग्र भागजस्तो देखिने वस्तुको तस्वीरहरू अनलाइनमा पोस्ट गरेको छ । सो विमानमा सवार यात्रुहरूले विमान उडेलगत्तै ठँलो विस्फोटको आवाज सुनिएको बताएका छन् ।कल साइन ३ सय २८ बोकेको संयुक्त अरव इमिरेट्सको यो विमान होनोलुलुतर्फ उड्ने क्रममा रहेको संघीय उडयन प्रशासन (एफएए) ले जनाएको छ । ‘डेभिड डेलुसिया’ नामक एक यात्रुले भनेका छन्– ‘पाइलटले एनन्समेन्ट गरिरहेका बेला विस्फोटको आवाज सुनिएको थियो । विमान बेस्सरी हल्लियो । म र मेरी पत्नीले आ–आफ्नो परिचय–पत्र खल्तीमा राख्यौं , कथम् कदाचित केही अप्रिय घटना घटेको खण्डमा हामीलाई चिनुन् भनेर ।’

यो दुर्घटना स्थानीय समयअनुसार शनिबार अपराह्न एक बजे भएको हो । घटनाका बेला विमानभित्रै खिचिएको एउटा भिडियो क्लिपमा एउटा इन्जिमा आगो लागि रहेको र हेर्दाहेर्दै त्यसको पत्रहरू निस्किरहेको देखिन्छ । त्यसैगरी, अनलाइनहरूमा पोस्ट गरिएका तस्वीरहरूमा पनि इन्जिनबाट धुँवा निस्किरहेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्