बैदेशिक रोजगारका लागि कोरोना संक्रमणपछि ६ हजार २ सय ८८ ले बनाए राहदानी



मोतीराम तिमल्सिना, काभ्रे ।

बैदेशिक रोजगारका लागी जाने नेपाली कामदारहरुका लागि सुरक्षित रुपमा पठाउने अथार्त सिप सिकेर मात्रै पठाउने गरी लागु भएको कार्यक्रम बैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र (सामी परियोजना) अन्तर्गत सिविक फोरमले संचारकर्मीहरुलाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएको छ ।

सामी परियोजना मार्फत बैदेशिक रोजगारमा जाँदा समस्यामा परेका वा लामो समयसम्म सम्पर्कमा नरहेका ब्यक्तिहरुलाई उक्त कार्यक्रम मार्फत सहजीकरण गरेको छ । लामो समयदेखी विदेशमा अलपत्र परी समस्यमा परेका नेपालीहरुलाई सहजीकरण गरी नेपाल ल्याउन सहयोग गर्ने, मनोपरामर्श दिने, विदेश जानु भन्दा अगाडी बैदेशिक रोजगारमा जानु भन्दा अगाडी परामर्श गरिएको सिविक फोरमका कार्यकारी निर्देशक बसन्त कुँवरले वताउनु भयो ।

बैदिशक रोजगारमा जाँदा शिप सिकी दक्ष भएर जाँदा भनेको जस्तो रोजगार पाईने ठगिने डर कम हुने र तोकिएको तलब पाईने जानकारी गराईएको छ । यसका बारेमा बैदेशिक रोजगामार जानेहरुलाई काउन्सिलिङ्ग गरिएको भए पनि बैदेशिक रोजगार जाने बारेमा ढाँट्ने र समस्या परे पछि मात्रै परिवारका सदस्यहरु सम्पर्कमा आउने गरेका छन् । कार्यक्रम लागु भए पछि त्यो अवस्थामा सुधार आएको कार्यकारी निर्देशक बसन्त कुँवरले बताउनु भयो ।

सामी परियोजना अन्र्तगत जिल्लामा चारवटा पालिकामा लागू भएको कार्यक्रम प्रभावकारी भएको सहभागिहरुलाई जानकारी गरार्ईएको थियो । २०७६ पौष देखी २०७९ असार सम्म संचालन हुने कार्यक्रमका धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशि गाँउपालिका र भुम्लु गाँउपालिकामा संचालन भईरहेको छ । वाग्मती प्रदेश मध्ये काभ्रे जिल्लामा राहदानी बनाउने ४० प्रतिशत महिलाहरु रहेको र कोभिड संक्रमण पछि ६ हजार २ सय ८८ जना बैदेशिक रोजगारमा गएको तथ्यांकले देखाएको छ ।

संस्थाले २ हजार ३ सय १३ जनालाई परामर्श सेवा प्रदान गरेको कुँवरले जानकारी दिनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले बैदेशिक रोजगारीमा वा अध्ययनका लागी जाँदा दक्ष एवं सिप सिकेर मात्र जानु पर्ने बताउनु भयो । धुलिखेल नगरपालिकाले ६ सय जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरेकाले पहिला आफ्नै देशमा केहि गर्नु पर्ने शर्माले बताउनु भयो ।

आफ्नो खेतबारी बाँझो राखी विदेशमा काम गर्न जाने बानी राम्रो नभएकाले बरु नगरपालिकाले आवश्यक सहयोग गर्ने र त्यसका लागि सहजिकरण गरिदिन अनुरोध गर्नु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुबेदी, नेपाल पत्रकार महासघंका काभ्रेका सचिब नगेन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्