स्मार्ट विद्युतीय कार बनाउँदै शाओमी



काठमाडौं  । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले अब नयाँ व्यवसाय प्रवेश गर्ने योजनामा रहेको बताईएको छ । अब कम्पनी स्मार्ट कारहरू बनाउने तयारीमा रहेकोआईफेभल न्यूजले जनाएकाे छ ।

कम्पनीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउन योजना बनारहेको उक्त समाचार संस्थाले जनाएको छ । कम्पनीले २०१२ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेन्गमा इलेक्ट्रिक कार परियोजनाको लागि लगानी लगानी गरिसकेको छ । यसका लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि छ।

रिपोर्टका अनुसार, शाओमीका वर्तमान सीईओ ली जुनले परियोजनाको ​​नेतृत्व गर्ने बताइएको छ । केही दिन पहिले, हाइकार र बेइसीबीचमा विद्युतीय कारहरू बनाउन साझेदारी गरेको छन ।

प्रतिवेदनका अनुसार कम्पनीले स्मार्ट कारहरूमा पनि फोकस गरिरहेको छ किनभने स्मार्टफोनको क्षेत्रमा केही समय नयाँ उत्पादनहरु रोकिन्छन । आगामी दिनमा इलेक्ट्रिक कारहरु बढ्दो लोकप्रिय हुन गइरहेका छन् र माग पनि निरन्तर बढिरहेको छ । शायोमीका सीईओ ली जुन २०१३ मा दुई पटक अमेरिका गएका थिए । जुन टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका थिए । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्