किसानलाई हाते ट्याक्टर वितरण



शिक्षा पन्त, लमजुङ  ।

बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई हातेट्याक्टर वितरण भएको छ । नगरप्रमुख गुमानसिंह अर्यालका अनुसार कृषिमा यन्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।

चालू आवमा २५ लाख २० हजार बजेटमा ट्याक्टर खरिद गरी किसानलाई वितरण गरिएको अर्यालले बताउनुभयो । नगरपालिकाले हातेट्याक्टर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवापुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुने लगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेको थियो ।

वैदेशिक रोजगारको सिलसिलमा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको हो । यसवर्ष भने हाते ट्याक्टरको लागि ३ सय जना किसानको आवेदन परेकोमा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्