उत्पादन बढ्यो, आम्दानी बढेन



रामधन राई, खोटाङ।

खोटाङका सवैजसो स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यावसायिक कृषिका लागि अनुदान तथा सीप तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकले बजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् ।

रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षीय शारदाप्रसाद पोखरेलको वारीभरि तरकारी उत्पादन भएका छन् । मेहनतका साथ उत्पादन गरेको तरकारीबाट आम्दानी लिन नसक्दा भने पोखरेलको मन उराठिलो बनेको छ । उहाँका अनुसार उत्पादित आलु, गोलभेंडा, काउली, बन्दा, केराउलगायतका तरकारी बिक्री तथा उपभोग हुन नसक्दा खेर जाने गरेको छ  ।पोखरेलजस्तै रावावेंसीका अन्य कृषकसमेत बजार अभावमा उत्पादनवाट आम्दानी लिन नसक्दा मारमा पर्ने गरेका छन् । पहाडी भूगोलमा साविकको ६ वटा गाविस रहेको गाउँपालिकामा कुनै पनि हाटवजार नभएपछि किनबेचका लागि ऐंसेलुखर्क, केपिलासगढी गाउँपालिका तथा हलेंसी तुवाचङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न बजार पुुग्नुपर्ने बाध्यता छ ।

गाउँपालिका केन्द्र नजिकै एउटा साप्ताहिक हटिया लगाउन थालिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाको भनाइ छ । कृषकका उत्पादन र आम्दानीलाई मध्येनजर गर्दै स्थानीय सरकारले संकलन केन्द्र स्थापना गरी बजारको पहुँ चसम्म कृषकलाई पुु¥याउनुुपर्ने २ नम्बर वडाध्यक्ष कालिदास पोखरेलको धारणा छ । किसानहरुलाई व्यावसायिक बनाउन सीप, तालिम, अनुदानका साथै बीउविजन समेत बितरण गर्ने गरिएको वडाध्यक्ष पोखरेलले बताउनुुभयो । सवै वडामा ग्रामिण सडक सञ्चालन भए पनि व्यवस्थित हुन नसक्दा कृषकलाई मार परेको छ । रावाबेंसी कृषि उत्पादनमा उर्वर भूमि रहेको पालिका हो । उक्त गाउँपालिकामा नगदेवाली सहित, आँप, लिची, सुन्तला, नास्पाती, निबुवालगायतका फलफूल तथा मकै, धान, कोदो, गहुँ, जौं, फापर, दाल लगायतका अन्नबालीको उव्जनी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्