निर्माण व्यवसायी महासंघसँग सम्झौता



काठमाडौं, नेस ।

परिवर्तित औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थी तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीले आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने धारणा राख्नुभयो । महासंघका एसोसिएट उपाध्यक्ष आङदोर्जी लामा ९एडी०।ले यस किसिमको बहुआयामिक सहकार्यबाट सिभिल इन्जिनियरिङका विद्यार्थीलाई निर्माण क्षेत्रसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गर्ने चौतारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एड्भान्स्ड कलेजका अध्यक्ष रमेश सिलवालले यस सम्झौताले विद्यार्थीमा निर्माण उद्योगको वास्तविक कार्य अनुभव हासिल हुनुका साथै उनीहरूको ज्ञान र सीपको मूल्यबोध गराउने बताउनुभयो ।
नेपाल बंगलादेश बैंकद्वारा चन्द्रविनायक पार्कमा क्यूआर कोडबाट कारोबार

काठमाडौं, ९नेस० नेपाल बंगलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं। ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत गरिएको छ ।उक्त कार्य नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो एरियाका व्यापारीलाई क्युआर कोड वितरण गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा डेपुटी गभर्नर शिवाकोटीले विभिन्न तरकारी खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गर्नुभएको थियो । साथै डेपुटी गभर्नर शिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिंदै बैंकले साना तथा महिला उद्यमीलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो व्यवसाय बिस्तार गर्न प्रोत्साहित पनि गर्नु भएको थियो ।

कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बंैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराउनु भएको थियो । बैंकले ग्राहक तथा व्यापारीको सुविधालाई ध्यानमा राखी उक्त स्थानमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्