ग्लोबल आइएमई बैंकबाट ट्राफिक जरिवाना भुक्तानी सेवा



काठमाडौं, (नेस) । 

ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना वापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको समझदारीअनुरुप जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

एक कार्यक्रमका बीच प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायणप्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आमजनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको छ ।

बैंकले ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, ४७ राजस्व संकलनएवम्एक्सटेन्सनकाउन्टर,२४५शाखा रहित बैंकिङ सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
निर्माण व्यवसायी महासंघसँग सम्झौता

प्रतिक्रिया दिनुहोस्