भिडियोमा आयो हसाउने उही छ



गायक प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजन हसाउने उही छ सार्वजनिक गरिएको छ।

भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन तथा गीतकार चन्द्र प्रसाईं ‘परिस्कृत’ को शब्द रहेको छ। भजनमाथि म्युजिक भिडियो पनि बनेको छ। म्युजिक भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युष विमलीलगायतले अभिनय गरेका छन्। चक्र बरालको छायांकन र विकास दाहालको सम्पादन रहेको भजनको म्युजिक भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्