अन्तर डोजाङ तेक्वान्दो सञ्चालन



काठमाडौं, (नेस)
काठमाडौंको कोटेश्वरमा एक दिने १०आंै कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार सञ्चालन भएको छ।कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन भयको सो प्रतियोगिता को उद्घाटन प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं सुमेरू ग्रुपका अध्यक्ष भरत महर्जनले गर्नुभयो ।

उद्घाटनका अवसरमा स्वागत मन्तव्य राख्नुहुँदै प्रतियोगिता का संयोजक कोटेश्वर डोजाङ का प्रमुख साथै नेपाल को तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले सबै तहका खेलाडीहरूलाई अवसर दिने र उनीहरूको आत्मबल उच्च बनाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

सोही अवसरमा तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा र काठमाडौं जिल्ला तेक्वान्दो संघ का अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का लाई पनि सम्मान गरियो । काठमाडांैका ८ वटा डोजाङको सहभागिता रहेको प्रतियोगितामा करिब २०० (दुई सय जना) खेलाडीहरूले भाग लिएका छ्न् ।

प्रतिक्रिया दिनुहोस्