राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा राजेन विजयी



काठमाडौं, (नेस)  । 

राजेन लामाले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार जित हात पारेका छन् । राजेनले निरजमान सैंजुलाई ३–० ले पराजित गरे ।

त्यस्तै, छिरिङ डेन्डुपले हिमाल भट्टराईलाई ३–१, नितेशराज भण्डारीले अभिषेक पाण्डेलाई ३–२, राजेन्द्र श्रेष्ठले गणेश अर्याललाई ३–० तथा अमिर श्रेष्ठले पेम्बा शेर्पालाई ३–० ले हराए ।

प्रतिक्रिया दिनुहोस्