ऋषिरामको ‘आफ्नै जीवनलाई फर्केर हेर्दा’ प्रकाशित



नेपाल समाचारपत्र, काठमाडौं ।

लामो समय शिक्षक पेसामा रहेका बौद्धिक व्यक्तित्व ऋषिराम शर्मा भट्टराईले आफ्नो बाल्यकालदेखि भोगेका स्मृतिलाई समेटेर पुस्तक प्रकाशन गर्नुभएको छ ।
तनहँँको बन्दीपुरमा जन्मिनुभएका भट्टराईले आफु  पाँच वर्ष उमेर भएदेखि हालसम्मको बानीव्यहोरालाई लिएर ‘आफ्नै जीवनलाई फर्केर हेर्दा’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ

बन्दीपुरस्थित भानु माध्यमिक विद्यालयमा लामो समय पढाउनुभएका भट्टराईले आफ्नो पुस्तकमा शारीरिक दुर्घटना, जीवनका महतवपुर्ण मोडहरू, जीवनका सबैभन्दा खुसीका क्षण, जीवनमा गरिएका राम्रा काम, गर्न खोजिएका एउटा राम्रो काम तर नभएको, उपलब्धिहरू, खेर गएको समय, आफु अपमानित भएको विषय, सा¥है नमजा लागेको दिनलगायतका विषय समेट्नुभएको छ ।सो पुस्तकमा चीजकुमार श्रेष्ठ ‘अकेला’, विश्वनाथ शर्मा आचार्य, रेशमलाल श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, गोवद्र्धन भट्टराई, वाचस्पति देवकोटा, पवन ढकाल, इन्दु शर्मा आचार्य, रामचन्द्र भट्टराई प्रेमी, विक्रम पिया, विश्वराज भट्टराई, शेषमणि भट्टराई, सफला पण्डितलगायतले ऋषिराम भट्टराईको व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको छ ।

सुशीला देवी भट्टराईसमेत प्रकाशक रहेको उक्त पुस्तकको मुल्य २५० राखिएको छ । पुस्तकको बारेमा लेखक आफैं लेख्नुहुन्छ– ‘उहाँहरूले पनि राम्रा कुराहरू मात्र उल्लेख गर्नुभएको लेखहरू प्राप्त भए । थोरैले मात्र थोरै कमजोरीहरू औंल्याउने चेष्टा गर्नुभएको पाएँ ।’भट्टराईले २८ वर्ष तीन महिना शिक्षक पेसामा बिताउनुभएको छ । त्यसमध्ये बन्दीपुरभन्दा बाहिरको विद्यालयमा कार्य गर्नुभयो भने बाँकि समय उहाँले बन्दीपुरस्थित भानु माविमा नै शिक्षक भई विताउनुभयो । उहाँले सोही विद्यालयमा आठ वर्ष प्रधानाध्यापक हुनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्