एक लाख पुरस्कार राशीको खुल्ला हाफ म्याराथन



यमलाल भुसाल, बुटवल ।

रोटरी क्लब अफ भैरहवाको आयोजनामा आगामी फागुन २२ गते खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । रोटरी ईन्टरनेशनल डे को अवसरमा मारुति फुडपार्क (काठमाण्डौ गेट प्रिमियर बासमती राईस) को मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।

विभागिय खेलाडीहरुसहित ३ सय बढी सहभागिता हुने २१ किलोमिटरको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने क्लबका अध्यक्ष शिवहरि शर्माले बताए । विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए । यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको भन्दै उनले यहाका संचार क्षेत्रको सहयोग कृतिमानी धावक बैकुण्ठ मानन्धरले बताए । प्रतियोगिताका लागि तयारी तीब्र पारिको शनिबार तिलोत्तमाको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रममा प्रतियोगिताका लागि म्याराथन टिसर्ट समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्