उत्पादन बढ्यो, आम्दानी बढेन



रामधन राई, खोटाङ ।

खोटाङका सवै जसो स्थानीय तहहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं उत्पादनमा बढावा दिने कार्यक्रम अघि सारेका छन् । व्यवसायिक कृषिका लागि अनुदान तथा सीप–तालिमको अवसरदेखि बीउ–बीजन वितरणमा समेत अग्रसर स्थानीय तहका कृषकहरुले वजार अभावमा आम्दानी भने हासिल गर्न सकेका छैनन् ।

रावाबेंसी गाउँपालिका–२ खार्पाका ६० बर्षिय बृद्द सारदाप्रसाद पोखरेलको वारीभरि हरिया सागसव्जी लगायत तरकारीहरु उत्पादन भएका छन् । मेहनतका साथ उत्पादन गरेको हराभरा सागसव्जी तथा तरकारीहरुवाट आम्दानी लिन नसक्दा भने पोखरेलको मन उराठिलो वनेको छ । उहाँका अनुसार उत्पादित सागसव्जी, आलु, गोलभेँडा, काउली, बन्दा, केराउ लगायतका तरकारीहरु बिक्री तथा उपभोग हुन नसक्दा खेर जाने गरेको छ ।

पोखरेल जस्तै रावावेंसीका अन्य कृषकहरु समेत वजार अभावमा उत्पादनवाट आम्दानी लिन नसक्दा मारमा पर्ने गरेका छन् । पहाडी भुुगोलमा साविकको ६ वटा गाविस रहेको गाउँपालिकामा कुनै पनि हाटवजार नभएपछि किनबेचका लागि ऐंसेलुखर्क, केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वजार पुुग्नुपर्ने बाध्यता छ ।

हालैदेखि भने गाउँपालिका केन्द्र नजिकै एउटा साप्ताहिक हटिया लगाउन थालिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको भनाई छ ।
कृषकका उत्पादन र आम्दानीलाई मध्येनजर गर्दै स्थानीय सरकारले संकलन केन्द्र स्थापना गरी वजारको पहुँचसम्म कृषकलाई पुु¥याउनुुपर्ने २ नम्बर वडाध्यक्ष कालिदास पोखरेलको धारणा छ । किसानहरुलाई व्यवसायिक वनाउन सीप, तालिम, अनुदानका साथै बीउविजन समेत बितरण गर्ने गरिएको वडाध्यक्ष पोखरेलले बताउनुुभयो ।

सवै वडामा ग्रामिण सडक सञ्चालन भए पनि व्यवस्थित हुन नसक्दा कृषकलाई मार परेको छ । रावावेंसी कृषि उत्पादनमा उर्वर भूमि रहेको पालिका हो । उक्त गाउँपालिकामा नगदेवाली सहित, आँप, लिची, सुन्तला, नास्पाती, निबुवा लगायतका फलफुल तथा मकै, धान, कोदो, गहुँ, जौं, फापर, दाल लगायतका अन्नबालीको उव्जनी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्