जबरजस्ती करणी गरेको आरोपमा ६५ वर्षीय बृद्ध पक्राउ



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा एक फरक क्षमता भएकी महिलालाई जर्वजस्ती गरेको आरोपमा ६५ वर्षीय बृद्ध पक्राउ परेका छन । पश्तिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी २३ वर्षीय महिलालाई सोही गाउपालिका छहराका ६५ वर्षका मोहनीलाल खड्काले जर्वजस्ती करणी गरेको आरोपमा नीजलाइ प्रहरीले पक्राउ गरेको हो ।

ती पुरूषलाइ पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्