पदयात्राका लागि उत्कृष्ट लाङटाङ राष्ट्रिय निकुञ्ज



सरस्वती न्यौपाने, रसुवा ।

२०३२ साल चैत्र नौ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज रहेको छ ।

भौगोलिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावरको अबैध संकलन तथा ओसार पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनका अङ्गहरुको अबैध ओसार पोसार सुख्खा मौसममा आगलागी तथा स्थानीय जनता र बन्यजन्तु बीच समय समयमा उत्पन्न हुने द्धन्द्ध यस निकुञ्ज संरक्षणका लागि समस्याहरुको सामना गर्दै आएको छ ।

एक हजार सात सय १० वर्ग कि.मि मा फैलिएर रसुवा( ५७%) नुवाकोट (७%) सिन्धुपाल्चोक ३६ प्रतिशत भुभागलाई समेटेर वि.स. २०५५ बैशाख १४ गते चार सय १८.३० वर्ग किलो मिटर निकुञ्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समुहहरु नुवाकोट रसुवा र सिन्धुपाल्चोक गरि तिन जिल्लाका १० वटा गाउपालिका मा गठन भएका छन ।

स्थानीय तहको निर्बाचन पश्चात साविक ३४ गाउँ विकास समितिहरुमा फैलिएर मा तिन वटा गरि १० वटा गाउँपालिकामा पर्दधन यस निकुञ्जको सुरक्षार्थ वि.स. २०४७ सालदेखि हाल सम्म ११ वटा गणहरुले चोरी शिकार नियन्त्रण तथा जैविक विविधता संरक्षणमा सहकार्य तथा समन्वय गर्दै आएको छ ।

नेपालकै दोस्रो निकुञ्ज संघिय राजधानी काठमाण्डौ बाट एक सय १८ किलोमिटर को दुरीमा रहेको हिमाली राष्ट्रिय निकुञ्ज हो । समुन्दी्र सतहको एक हजार मिटर ४५ मिटर सम्म फैलिएको यस निकुञ्ज भित्र वन क्षेत्र पाँच सय ३९.९(२९.८७) चरण क्षेत्र ८९.२८ (४.९४%) झाडी बुट्यान क्षेत्र ५०(२.७६%) खेती योग्य क्षेत्र ३०.८२ (१.७) अन्य जमिन,ताल, कुण्ड, आदी क्षेत्र १०९८(६०.७३) रहेको छ ।

तामाङ सम्पदा मार्ग समेत रहेकोले स्वदेशि तथा विदेशीहरुको ओइरो नै लाग्दथ्यो हाल कोभिड ले गर्दा शुन्यता छाएको छ । निकुञ्जको संरक्षण र व्यवस्थापन लाई थप प्रभावकारी वनाउन १० वटै गाउँपालिका स्थानीय आमा समुह इकोक्लब,हिँउ चितुवा संरक्षणमा समिति खर्क व्यवस्थापन समुह गोसाईकुण्ड क्षेत्र विकास समिति लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज हरित युवा पर्यटन समाज नेपाल लगाएत स्थानिय स्तरमा रहेका विभिन्न संघ संस्थाहरु संगको समन्वय तथा सहकार्यमा संरक्षणका कार्यहरु हुदै आएको छ ।

देशको संघिय राजधानीबाट नजिकको निकुञ्ज भएकोले नेपाल घुम्न आउने पर्यटकलाई लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा राम्रो गन्तब्य हुन सक्छ । यस क्षेत्रमा रहेका दुलर्भ तथा महत्वपुर्ण बनस्पति तथा बन्यजन्तु हरुको अबलोकन गर्न हजारौको संख्यामा आउने आन्तरिक तथा बाध्य पर्यटकहरुको लागि अर्थात आर्कषणको केन्द्रलाई भरपुर उपयोग गरी स्थानीय तथा राष्ट्रिय अर्थ तन्त्रमा योगदान पुरयाउन सकिने प्रशस्तै सम्भावना बोकेको यस क्षेत्रको लागि जलिय पर्यटन समेत ठुलो संभावना बोकेको क्षेत्र हो ।

यस निकुञ्जमा मुख्य तथा दुईवटा सिर्जनामा पर्यटकको चाप बढने गर्दछन । असोज कार्तिक र चैत बैशाख भ्रमणमा आउने पर्यटकहरु लाई नेपाली सार्क मुलुकका र अन्य विदेशी मुलुककका गरी ३ समुहमा वर्गीकरण गरी मुल्य अभिवृद्धि कर सहित प्रतिव्यक्ति नेपालीलाई एक सय सार्क मुलुकका एकहजार पाँच सय र अन्य मुलुक का लाई तीन हजार निकुञ्ज प्रवेश शुल्क लिने व्यवस्था रहेको छ ।

यस निकुञ्ज भित्रको पोलाङ पाटी तथा मगिन गोठ क्षेत्रलाई हाबे्रको मुख्य बास स्थानको रुपमा लिन सकिन्छ । निकुञ्ज अन्तर्गत रहेका तिन वटा जिल्ला मध्ये रसुवा जिल्लाको पोलाङ पाटी क्षेत्र हाबे्र को महत्वपुर्ण बासस्थान को रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्