प्रजातन्त्र दिवशको उपलक्ष्यमा ४ कैदि बन्दी रिहा



न्यज अफ नेपाल, रसुवा ।

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा रसुवा कारागारका चार जना कैदि बन्दी रिहा भएका छन् ।

रिहा हुनेमा सवारि ज्यान मुद्दाका वीर बहादुर सुनुवार, ज्यान सम्बन्धि मुद्दाका देवावाङदि तामाङ, प्रसाद नेकोर तामाङ र सङ्गम लामा रहेका छन् । हाल जिल्ला कारागार रसुवामा बन्दिहरूको कुल संख्या एक सय २२ रहेको छ । त्यस मध्ये कर्तव्य ज्यान, लागू औषध, जबरजस्ती करणी, जिउ मास्ने वेच्ने, चोरि, राजश्व चुवावट, ठगि, बैङ्किङ कसुर, विद्युतिय कारोवार समेतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्