कारागार मुक्त भए पाँच बालबालिका



सरिता चलाउने, सल्यान ।
सल्यान कारागारमा बसेका पाँच बालबालिका बाहिरी कारागार मुक्त भएका छन । आमाबुवासँगै कारागारमा बस्दै आइरहेका पाँच बालबालिका आमा बुवा कैद मुक्त भए सँगै उनिहरु पनि जेल मुक्त भएका हुन ।
आमाबुवाले गरेको गल्तीका कारण कारागारमै बस्दै आइरहेका पाँच बालबालिकाहरु प्रजातन्त्र दिवसको अवसरमा आमाबुवाको कैद मिनाहा भएपछि आमाबुवासँगै बाहिरी आकासमा प्रवेश गरेको जिल्ला कारागार सल्यानले जनाएको छ ।
घरमा संरक्षकको अभावहुँद कारागारमा आमाबुवासँगै बस्दै आइरहेका पाँच बालबालिका बाहिरी आकासमा गएको कारागारका जेलर बल बहादुर केसीले बताउनु भयो । बहुविवाह गरी कारागार बस्दै आइरहेका आमाबुवासँगै ती बालबालिका लामो समयदेखि कारागारमा बस्द आइरहेका थिए ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा सल्यान करागारबाट सात कैदीबन्दीको कैद मिनाहा भएको छ । बहुविवाह र कतव्र्य ज्यान मुद्धाका सात कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।
दुई महिला र पाँच पुरुष गरी सातजनाको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका जेलर बल बहादुर केसीले बताउनु भयो । उहाँका अनुसार पाँच जना बहुविवाह र दुई जना बहुविवाह मुद्धामा ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्