अटोमा २५ किलो गाँजा



न्युज अफ नेपाल, हेटौंडा।

प्रहरीको बिहीबार दिउँसो करिब ११ः३० बजे खटिएको विशेष टोलीले हेटौंडा–११, नवलपुरस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा अटोबाट गाँजा बरामद गरेको छ ।

नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ह ७२३६ नम्बर अटो चेक गर्दा अटोको पछाडिपट्टिको सिटमुनि प्लास्टिक टेपले बेरेर ४ वटा पोकामा २५ किलो गाँजा फेला परेको थियो । अटोचालक मकवानपुरको राक्सिराङ गापा वडा–१, पलाँसे बस्ने वर्ष २१ का नवराज थिङ र सोही अटोका सोही ठाउँ बस्ने यात्री वर्ष २० का बाबुराम थोकरलाई गा“जा र अटोसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्