प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

परियार तत्कालीन नेकपामा माओवादीबाट २०६४ सालको संविधान सभा निर्वाचनमा बाँकेबाट निर्वाचित सांसद थिए । उनी प्रचण्ड निकट रहेको मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्