कांग्रेस नेता दाहालको निधन, सभापती देउवाले अन्तिम श्रद्धाञ्जली दिने



लिला सुनुवार, ओखलढुंगा ।

आज प्रजातन्त्र दिवसका दिन नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रशेन दाहालको ह्रदय घातका कारण निधन भएको छ । दाहालाई आजबिहान १० बजे आफ्नै निवास काठमण्डौको सरस्वाती नगरमा ह्रदयघातका कारण अश्वास्त भएपछि ओम हस्पिटल चावहिल लगिएको र हस्पिटल पुर्‍याए पछि हस्पिटलले मृत घोषणा गरेको पारिवारिक श्रोतले जानकारी गराएका छन ।

स्वार्गीय नेता दाहालको पार्थिव शरिर अन्तिम श्रद्धञ्जलीका लागी दिउसो ३ बजे सम्म आफ्नै निवास सरस्वाती नगरमा राखिने र नेपाली कांग्रेस केन्द्रीय सभापती शेर बहादुर देउवा र श्रीस्त नेताहरु बाट पार्टिको झण्डा ओडाएर अन्तिम श्रद्रञ्जली दिने कार्यक्रम रहेको नेपाली कांग्रेस ओखलढुंगाका सभापती प्रदिपकुमार सुनुवारले बताएका छन ।

यसै गरि नेता दाहालको शोकमा ओखलढुंगा कांग्रेशले एक हप्ता सम्म पार्टीको झण्डा आधा झुकाउने र ७ दिन सम्म जिल्ला भरि पार्टीको कुनै अधिकारिक कार्यक्रम नगर्ने सभापती सुनुवारले बताए ।

२०३४ सालमा नेपाल विद्यार्थी संघ राजनिती थालेका स्वार्गी नेता दाहाल नेपाली कांग्रेशको १० औ महाधिवेशन देखि हाल सम्म निरन्तर महासमिती सदस्य र यहि २०७४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फवाट ओखलढुंगा प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यका लागी उमेद्धार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्