आज प्रचण्ड–नेपाल समूह आयोग जाने तयारी



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा ‘प्रचण्ड–नेपाल समूह’ ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ ।बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ । गत पुष ५ गते सरकारले संसद विघटन गरेलगत्तै दुई नेकपा दुई खेमामा बिभाजित भएको छ ।

एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्