सेरेना कीर्तिमानी बराबरी गर्न अक्षम बन्दै



लन्डन, (एजेन्सी) ।

अमेरिकी खेलाडी सेरेना विलियम्स २४औं ग्रान्डस्लाम उपाधि जितेर मार्गारेट कोर्टद्वारा राखिएको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा अक्षम साबित हुँदै छिन् । जारी अस्टे«लियन ओपनको सेमिफाइनलमा सेरेनाको कीर्तिमानी उपाधि जित्ने बाटोमा नाओमी ओसाका तगारो बनेपछि उनको लक्ष्यमा धक्का लागेको हो ।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनल खेलमा जापानी खेलाडी ओसाकाले सेरेनालाई मात्र ७५ मिनेटमा हराइन्   ओसाकाले सो खेल ६–३, ६–४ ले जितेकी हुन् ।३९ वर्षीया सेरेनाले पछिल्लोपटक ग्रान्डस्लाम उपाधि २०१७ मा अस्टे«लियन ओपनको रूपमा नै जितेकी थिइन् । उनी सो उपाधि जित्दा गर्भवती थिइन् । उनी आमा बनेपछि केही वर्ष खेलबाट टाढा रहेकी थिइन् । २०१८ मा पुन कोर्टमा उत्रिदा उनले विम्बल्डन र यएस ओपन फाइनल खेलिन्, तर दुबैमा उनी पराजित भएकी थिइन् । विम्बल्डनमा उनी जर्मनीकी एन्जेलिक केर्बरसँग हार्दा युएस ओपनमा ओसाकासँग हारेकी थिइन् ।

२०१९ मा पनि सेरेनाले दुई ग्रान्डस्लाम फाइनल खेलेकी थिइन् । तर, त्यसमा पनि उनी २४औं ग्रान्डस्लाम उपाधि जित्न सक्षम हुन सकिनन् । उनले विम्बल्डन फाइनलमा रोमानियाकी सिमोना हालेपसँग पराजय बेहोरेकी थिइन् । त्यस्तै युएस ओपन फाइनलमा उनलाई क्यानाडाकी नयाँ खेलाडी बियान्का एन्ड्रीस्कुले हार स्विकार गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्