अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच भेट



काठमाडौं, (नेस) ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभयो ।

करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उहाँले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो । ‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महŒवपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु।’ –उहाँले भन्नुभयो ।जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउनुहुँदै उहाँले जापानको सहयोगमा निर्माणसम्पन्न बीपी राजमार्ग, निर्माणाधीन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताउनुभयो ।पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महŒवपूर्ण रहिआएको छ।’ –उहाँले भन्नुभयो ।

त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापनबाट नेपाल आउने पर्यटक, स्वयंसेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने बताउनुभयो ।उहाँले नेपालको संघीय संसद् र जापानको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय–समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको बताउनुभयो । ‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु।’ –उहाँले भन्नुभयो ।

भेटका अवसरमा राजदूत मासामिची साइगोले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताउनुभयो ।उहाँले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसद्बीच अनुभव आदान–प्रदान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्