वनमन्त्री–बेलायतका मन्त्रीबीच भेटघाट



काठमाडौं, (नेस) ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतनसम्बन्धी पक्ष राष्ट्रहरुको २६औं सम्मेलनका अध्यक्ष आलोक शर्मा र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा आगामी नोभेम्बर २०२१ मा हुने जलवायु परिवर्तन विश्व सम्मेलनमा नेपालको भूमिका तथा योगदानलगायतका विविध विषयमा छलफल भएको छ ।

उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री आलेले नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिनुभएको थियो । मन्त्री आलेले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पर्नुभएको थियो ।

भेटघाटका क्रममा बेलायतका मन्त्री एवं अध्यक्ष शर्माले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा आर्थिकलगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष शर्माले नेपालका लागि जलवायु परिर्वतन अनुकूलनको क्षेत्रमा आवश्यक सहयोग रहने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्