विभेदको राजनीतिले मुलुक जटिल अवस्थामा



काठमाडौं, (नेस)।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा द्वन्द्व र बहसमै व्यस्त हुनु दुःखदायी कुरा भएको बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्रले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिट रहने यसलाई मेट्न खोजेर पनि कसैले मेट्न नसक्ने उल्लेख गर्नुभएको छ ।

उहाँले जनता र राजाको सहमतीबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतीबाटै हुने यथार्थको अवज्ञाका कारण निषेध र विभेदको राजनीति शुरु गरिएकाले मुलुक जटिल अवस्थामा फसेको उल्लेख गर्नु भएको छ । प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली होइन, यो सामाजिक जीवन पद्धति भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्