प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ



डोटी, (नेस)

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा डोटीमा बजार तथा सडक सरसफाइ कार्यक्रम गरिएको छ । नेपाल सरकारले प्रजातन्त्र दिवसको अवसरमा फागुन ६, ७ र ८ गते देशव्यापी विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने कार्यक्रम तय गरेअनुसार डोटीमा पहिलो दिन सडक तथा बजार सरसफाइ कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समिति डोटीको मूल गेटदेखि शैलेश्वरी मन्दिरसम्मको सडक तथा बजार सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बिहीबार जिल्लाभरका सरकारी तथा गैरसरकारी कार्यालय परिसर सरसफाइ गर्ने र प्रजातन्त्र दिवससँग मिल्ने कार्यालयका कार्यक्रम सञ्चालन गर्ने परिपत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । सरसफाइमा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज बेलुका दिपावली गर्ने, झण्डा फहराउनेलगायतका कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्