अपराधलाई राजनीतीकरण गर्न नहुने



नेपाल समाचारपत्र, बैतडी ।

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतीकरण गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता साउदले यस्तो बताउनुभएको हो ।

भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि अभियुक्त सार्वजनिक भएको सन्दर्भमा उहाँले ती व्यक्तिमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतीकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतीकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।’सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोद दिँदै साउदले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिनुभयो । भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपोरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुुपर्छ ।’ – उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्