नाक्चेलाग्ना भन्सार कार्यालय सहयोगीको भरमा



मुगु, (नेस)  ।

मुगु जिल्लामा रहेको एकमात्र सीमानाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ ।भन्सार कार्यालयका कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ वर्षयता २ जनाको सहयोगीको भरमा मात्रै सञ्चालन हुँदै आएको हो ।भन्सार कार्यालय सञ्चालनका लागि सीमानाकामा रहेको मुगु गाउँमा एक घर र गागढी बजारमा एक घर गरी दुई घर भाडामा लिई नियमित घर बहाल तिरिरहेका छन् ।

तर, दरबन्दीअनुसारका नायव सुबा र खरिदार नहुँदा जिल्लामा बस्दै आइरहेका २ जना कार्यालय सहयोगीले कार्यालय चलाइरहेका छन् ।अन्य भान्सार कार्यालयजस्तो सरकारको लक्ष्यअनुसार राजस्व उठाउनु नपर्ने हुँदा मुगु भान्सार कार्यालयबाट राजस्व गत वर्ष र यो वर्ष शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्