ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट किन्दा छुट



काठमाडौं, नेस । 

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ  समझदारी पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट-क्रेडिट-प्रिभिलेज कार्ड बाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्लोबल आइएमई बैंकले ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्