गेटवे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी अनुमति



काठमाडौं, नेस  ।

नेपाल राष्ट्र बैंकबाट गेटवे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी प्रणाली सञ्चालन अनुमति प्रदान गरेको छ । कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथ ग्रहण गराउनुभयो ।

कम्पनीले नेपालमा सरल रुपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाई नेपालका ठूला तथा मझौला व्यापारीको उत्पादित वस्तुतथा सेवाको सर्वसुलभ रुपमा अन्तर्राष्ट्रिय÷राष्ट्रिय बजारमा बिक्री वितरण गर्न सहयोग पु¥याउने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्