सिर्जनाले ल्याइन् तिम्रै प्यारी अर्धाङ्गिनी



गायिका सिर्जना खत्री (हाउडे माया) ले तिम्रै प्यारी अर्धाङ्गिनी बोलको नयाँ गीत दर्शकमाझ ल्याएकी छन्।

सिर्जनाले हालै आफ्नै युट्युब च्यानल सिर्जना खत्रीमार्फत भिडियोसहित सार्वजनिक गरेको गीतमा सिर्जनाकै स्वर तथा शब्द रहेको छ भने कालीप्रसाद बास्कोटाको संगीत रहेको छ। आफुले यसपटक प्रेमदिवसलाई लक्षित गर्दैे सुन्ने र महसुस गर्ने किसिमको गीत गाएको तथा यस गीत आफँले गाउने गरेको भन्दा भिन्न किसिमको भएकाले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन्।

गीतको म्युजिक भिडियोमा सिर्जना आफैंले अभिनय गरेकी छिन्। उनलाई मोडल केवल जंग कुँवरको अभिनयमा साथ दिएका छन्। भिडियोमा उनीहरुलाई प्रेमिल नवजोडीका रूपमा प्रस्तुत गरिएको छ। आकर्षक लोकेसनमा छायांकन गरिएको गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा निशान काश्यपको निर्देशन तथा सम्पादन रहेको छ भने उत्सव दाहालको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्