बालबालिकासँग रमाए गायक लुइँटेल



गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन्। इटहरीमा अवस्थित निःसहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन्। प्रवासी नेपालीहरुको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आस्मा पराजुलीले बताइन्।

आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवस्यक सामग्रीहरु वितरण गरिएको हो। उल्टो साइकल यात्री वीरेश प्रतिष्ठान तथा स्कोलोस्टिक फाउन्डेसन नेपालले प्रवासमा सहयोग संकलन कार्यमा संयोजन गरेका थिए भने नेपालमा आस्मासँगै नैनाले संयोजकत्व गरेका थिए।

प्रवासबाट उठेको ६० हजार २ सय २८ रकमबाट आवश्यक सामग्री किनमेल गरी वितरण गरेको तथा बाँकी रहेको रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई हस्तान्तरण गरिएको हो। लुइँटेलले आप्mना चर्चित गीत तेरो बाउ थोते, ए बा किन्देउन भटभटे र ओके छ त गीत गाएर सुनाउँदा सबै सँगसँगै गाउँदै रमाएका थिए। पूर्वमै रहेर कलाकारिता तथा कमेडी गायनमा राष्ट्रियस्तरमा लोकप्रियता हासिल गरेका उनले नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्