दक्षिण अफ्रिकाको होटेलमा रोबोर्ट परिचालन



AI-powered robot Ariel delivers room service to a guest at the Hotel Sky, the first in Africa to use automated attendants, in Johannesburg, South Africa, February 9, 2021. Picture taken February 9, 2021. REUTERS/Sumaya Hisham

जोहान्नेसबर्ग, (एजेन्सी) ।

दक्षिण अफ्रिकाको राजधानी जोहान्नेसबर्गको समृद्धशाली स्यान्ड्टन जिल्लास्थित एक होटेल स्काइमा कोभिड–१९ को महामारीको खतरालाई ध्यानमा राख्दै सम्पूर्ण कर्मचारी मास्क लगाएर सकेसम्म पाहुनाबाट पर बसेर सामाजिक दुरी प्रयोग गर्दछन् । तर, तीमध्ये ‘लेक्सी’, ‘मिकाह’ र ‘एरियल’ नामक तीनजना कर्मचारी भने कोरोना सम्बन्धी कुनै पनि नियम पालना गर्दैनन्   किनभने तिनीहरू मानव नभई रोबोर्ट हुन् र तिनीहरूको श्वासबाट भाइरस सर्ने कुरै छैन ।

रोबोर्टबाट गराइने शिष्टाचार कुनै नौलो भने होइन । जापानी होटेलहरूमा रोबोर्ट परिचालन गरिएको वर्षौं भइसक्यो । सन् २०१५ त जापानको राजधानी टोक्योस्थित हेन्ना अर्थात् ‘अपरिचित’ होटेल पूर्णरूपमा रोबोर्टबाटै मात्र सञ्चालित पहिलो होटेल बनेको थियो । अहिले पनि थुप्रै रोबोर्ट परिचालित जापानी होटेलहरूमा कोभिड–१९ को हल्का लक्षण देखिएका पाहुनाहरूलाई समेत रोबोर्टबाट सेवा उपलब्ध गराइँदै छन् ।

तर, दक्षिण अफ्रिकामा यसै वर्षदेखि मात्र सञ्चालनमा ल्याइएको होटेल स्काई रोबोर्ट प्रयोग गर्ने दक्षिण अफ्रिकाकै पहिलो होटेल भएको छ ।तर, रोबोर्ट प्रयोगको कारण विश्वमै सबैभन्दा ठँलो बेरोजगारको समस्या रहेका मुलुकमध्ये एक दक्षिण अफ्रिकामा रोजगारको अर्को समस्या थपिने छुटै चिन्ता पनि बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्