विश्वको सबै कोरोना भाइरस एउटै कोक क्यानभित्र अट्ने



Minsk, Belarus – August 16, 2015: Minsk, Belarus – August 16, 2015: Can of Coca-Cola on a bed of ice over a blue background

लन्डन, (एजेन्सी) ।

बेलायतका एकजना गणितिज्ञले अहिले विश्वभरि फैलिरहेको सम्पूर्ण कोभिड–१९ भाइरसलाई एउटा कोकाकोलाको क्यानभित्र सजिलै अटाउन सकिने बताएका छन् । उनको यो योगले अत्यन्तै सुक्ष्म भाइरसका तत्वले अपत्यारिलो किसिमले अहिलेसम्म कति विनाशलीला मच्चाइसक्यो भन्ने पनि देखाएको छ ।

विश्वभरिको नयाँ भाइरस संक्रमण दर र मानव शरिरमा प्रवेश गरेका भाइरसको अनुमान गर्दै बाथ युनिभर्सिटीका गणित विशेषज्ञ किट यात्सले कुनै पनि एकै समयमा विश्वभरि एकैचोटि करिब दुई अर्ब सार्स कोभ–२ हुने गरेको बताएका छन् । यात्सले सार्स–कोभ– २ को औसत व्यास करिब १ सय नानो मिटर प्रयोग गरेर स्फेरिकल भाइरसको आयतनको अनुमान गरेको जानकारी दिएका छन्

उनले कोरोना भाइरसको ठाडो ठाडो काँडे र डल्लो आकारको प्रोटिनको अवस्थालाई हेर्दा पनि ती तत्वहरू आपसमा टाँसिएर बस्दा खाली ठाउँ हुने र विश्वभरिका यस्ता तत्वलाई ३ सय ३० मिलिलिटरको एउटा कोकाकोला क्यानमा अटाउन सक्ने बताएका छन् । अहिलेसम्म विश्वमा २४ लाख ४० हजार जनाभन्दा बढि मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यसैगरी, झन्डै १ करोड ७० हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्