गेट-वे पेमेन्ट सर्भिसलाई भुक्तानी प्रणाली सञ्चालकको अनुमति



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले गेट-वे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी प्रणाली सञ्चालक’ (पीएसओ) बन्ने अनुमति दिएको छ । अनुमति पाएसँगै कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।

कम्पनीले आगामी दिनमा विभिन्न माध्यमबाट नेपालमा सरल रूपमा डिजिटल भुक्तानी प्रणाली भित्र्याउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाई नेपालका ठूला तथा मझौला व्यापारीले उत्पादित वस्तु तथा सेवालाई अन्तराष्ट्रिय बजारमा बिक्री वितरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कम्पनीले एनआईसी एसिया बैङ्कसँगको सहकार्यमा विभिन्न देशबाट भुक्तानी ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्