भारतबाट खरिद गर्ने कोरोनाको खोप दुई सातामा नेपाल आउँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकारले भारतबाट खरिद गर्ने कोरोना बिरुद्धको खोप दुई साताभित्र नेपाल ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जानकारी गराउनुभयो । मन्त्रालयमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले उक्त कुराको जानकारी गराउनुभएको हो ।

नेपालले भारतको सेरम इन्स्टिच्युटबाट कोरोना बिरुद्धको खोप गरिद गर्नका लागि मंगलबारको मन्त्री परिषदको निर्णय अनुसार अग्रिम भुक्तानी गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको जानकारी गराउनुभयो ।

उक्त खोप फागुन दोस्रो साता सम्म नेपाल भित्र्याई २३ गतेबाट ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्यक्रम तय भैसकेको मन्त्री त्रिपाठीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्