शिवालिक क्षेत्रमा प्याराग्लाईडिंगको सफल उडान



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ वालुवा डांडामा विहिबार प्याराग्लाईडिंगको सफल उडान भएको छ । पर्यटन क्षेत्रको प्रर्वधनका लागि महाभारत पर्वत श्रृंखलाको दक्षिण स्थित शिवालिक पहाड देखि भित्री मधेसको पोखरी ताल सम्म पाईलटहरुले प्याराग्लाईडिंगको सफल उडान भरेका हुन् ।

क्लाउडवेस प्याराग्लाईडिंग कम्पनी पोखराका पाईलट हरि थापाले परीक्षणका क्रममा पहिलो उडान भरेका थिए । परीक्षणका क्रममा दोश्रो र तेस्रो उडान पाईलट हरि पहारी र सुरेश नेपालीले आफ्ना सहकर्मीका साथ गरेको सम्पन्न गरेका थिए । पाईलट हरि पहारीले नेपाल समाचारपत्रसंग कुरागर्दै तराईको गर्मी हावापानीमा पनि बालुवा डांडा क्षेत्र प्याराग्लाईडिंगका लागि उपयुक्त रहेको बताए । पहारीले हावाको राम्रो वहाव रहेको यस क्षेत्रमा ब्यवसायिक रुपमै प्याराग्लाईडिंग गर्न सकिने बताएकाछन् ।

प्याराग्लाईडिंगका लागि वालुवा डांडा पर्यटन विकास युवा सञ्जालको समन्वयमा क्लाउडवेसले नेपाल नागरिक उड्डयन प्राधिकराणबाट फागुन ६ देखि ११ गते सम्म २ हजार ५ सय ३८ फिट उचाईको उडान अनुमति पाएको जनाईएको छ ।
युवा सन्जालका अध्यक्ष सुरेश रानाले वालुवा डाडामा प्याराग्लाईडिंगको परीक्षण उडानले यस क्षेत्रको पर्यटन विकासमा नयां आयाम थपिएको बताए ।

बाह्रै हावा चलि रहने ९ सय ६४ मिटर उचाईमा रहेको वालुवा डांडा क्षेत्र तराईका फांटहरुको दृश्यावलोकनका लागि परिचित सुन्दर हरियाली पहाड हो । पूर्व पश्चिम राजमार्गबाट करिव ११ किमीको दुरीमा रहेको वालुवाडाडाको तल्लो भागमा प्राचिन महाराजा मन्दिर र ऐतिहासिक पोखरीतालको मैदानी क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्