भारतीय सहयोगमा श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु (तस्वीरसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारको सहयोगमा काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र भारतीय राजदूतावासका नियोग उप–प्रमुखद्वारा भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता अनुसार श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु गरिएको हो ।

यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्